प्रतिपक्षमा बस्ने उन्मुक्तिको निर्णय



काठमाडौं ।

उन्मुक्ति पार्टीले अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । भर्खरै सम्पन्न केन्द्रिय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी नहुने भन्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

सो पार्टीको केन्द्रिय समितिको भर्खरै सम्पन्न बैठकले थप र आवाश्यक राजनीतिक निर्णय गर्ने अधिकार अध्यक्ष रेशम चौधरीलाइ दिएको छ । तत्काललाई प्रतिपक्षमा बस्ने निर्णय लिए पनि विश्वासको मत दिने बेलामा थप निर्णय गर्न सकिने सम्भावना भएको भन्दै राजनीतिक निर्णय लिन अधिकार बैठकले आफुलाइ दिएको चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्