रास्वपालाई गृहसहित चार मन्त्रालय : शिक्षामा सुमना र श्रममा डीपी



काठमााडौं ।

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्यालयुवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्