सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त



धनगढी । 

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।

केन्द्रमा कांग्रेस-माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई आज ९मंगलबार० बर्खास्त गरेका हुन्।

तर शाहले नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा ९एकीकृत समाजवादी० का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रतिक्रिया दिनुहोस्