गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त



कास्की।

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त भएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्।

माओवादी केन्द्रका दुईजना मन्त्रीलाई मुख्यमन्त्री पाण्डेले आज बर्खास्त गरेको मुख्यमन्त्री स्रोतले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन्।

प्रतिक्रिया दिनुहोस्