नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने माओवादीको निर्णय

20.96k
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सहभागी गराउने निर्णय गरेको छ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा सहभागी गराउने माओवादीले निर्णय गरेको हो।

वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ।