प्रतिनिधिसभा बैठक स्थगित

308
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विशेष परिस्थितिका कारण प्रतिनिधिसभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो। बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्योलमा परेपछि सभामुख घिमिरेले राजनीतिक दलसँग संवाद गरेका थिए।