नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा

1.8k
Shares

काठमाडौं ।

एमालेसहितको नयाँ सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन अघि बढाएका छन्। वर्तमान सत्ता गठबन्धन टुटेसँगै नयाँ मन्त्रीपरिषद् गठन गर्ने प्रधानमन्त्रीले तयारी थालेका छन्। सोही विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेका छन्।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन्।