अनुश राना मृत्यु प्रकरण : वडाध्यक्षसहित ६ जना पक्राउ



कञ्चनपुर।

अनुश राना मृत्यु प्रकरणमा कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुबदेव राना, भंगी राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन् ।

उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला परेको प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

 आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ। कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्