त्रिवि शिक्षण अस्पतालबाट पुण्य गौतम र युवराज सफल पक्राउ



काठमाडौं ।

शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले  जानकारी दिएकाे छ  । अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ ।

उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्