एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित २५ जना फर्किए एमालेमा

3.48k
Shares

दैलेख। 

नेकपा (एकीकृत समाजवादी)केन्द्रीय सदस्य बरुनाथ योगी नेकपा एमालेमा फर्किएका छन्। आइतबार उनीसहित २५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन्।

उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा नेकपा एसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरूरहेका छन्।