कोटेश्वरमा बसको ठक्करबाट ट्राफिकका सई घाइते



काठमाडौँ।

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरीका सई घाइते भएका छन्। ड्युटीमा रहेका ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट सई खत्री घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घाइते खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। आइसियूमा राखेर उनको उपचार गरिएको छ। उनको टाउकोमा चोट छ।

प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्