शालीन मृत्यु प्रकरण : पोस्टमार्टममा बलात्कार नभएको पुष्टि



काठमाडौं ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएको छ ।

कक्षा ८ मा अध्ययनरत १४ वर्षीया पोखरे छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’ पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ ।

उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको थियो । प्रहरीको प्रारभिक अनुसन्धानले पनि उनको आत्महत्या भएको देखाएको छ ।

याे पनि 

शालीन मृत्यु प्रकरण : अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालीन पोखरेल

प्रतिक्रिया दिनुहोस्