राष्ट्रियसभाबाट अध्यक्ष तिमिल्सिनासहित २० सांसद बिदा हुँदै

3.38k
Shares

काठमाडौं ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आइतबार (आज)बाट पदावधि सकिएर बिदा हुँदै छन् । जसमध्ये दुई राज्यमन्त्रीसमेत छन् । आइतबार मध्यरातिबाट उनीहरुको पदावधि सकिन लागेको हो ।

अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ, रामचन्द्र राई, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, प्रमिला कुमारी, नन्दा चपाई, सिङ्गबहादुर विश्वकर्मा, डा. खिमलाल देवकोटा आइतबारबाट बिदा हुन लागेका हुन् ।

कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन् ।