राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोईराला



काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।

शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।

नेता कोईरालाले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको तर्क थियो । उनले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।

नेता कोईरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरे ।

प्रतिक्रिया दिनुहोस्