बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते



 उदयपुर ।

उदयपुरको  कटारी नगरपालिका ७ मर्जेपुरमा शुक्रवार साँझ ४ बजे कटारी बजारबाट सिरिसेतिर जाँदै गरेको ना १ ज ८३३३ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ।

कटारी नपा ७ स्थित मर्जेटपुर गोठडाँडाको भित्रि सडकमा  भएको सो दुर्घटनामा परी १ जनाको मृत्यु भएको  छ।  मृत्यु हुनेमा  कटारी ८ सिरिसे गाउँका ७० वर्षीय वीर बहादुर तामाङको रहेको  इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव निरीक्षक सुभाष राईले  जनाएका छन् ।  दुर्घटनामा  १५ जना घाइते भएका छन्। उनीहरुको  कटारी अस्पतालमा उपचार भैरहेको छ । घायते मध्ये ४ जनाको अवस्था गम्भीर  रहेकोले कटारीबाट थप उपचारकालागि विराट नगर लगिएको इलाका प्रहरी कार्यालय  कटारीले जनाएको छ ।

बोलेरो ब्रेक फेल भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्