व्यवसाय चलायमान बनाउन सुझाव संकलन



बुटवल ।

रुपन्देहीको ब्यापार व्यवसाय चलायमान बनाउन उद्योग ब्यापार संघ बुटवलले विभिन्न पेशागत र वस्तुगत व्यवसायिक संघसंस्थासँग सुझाव संकलन र अन्तरक्रिया गरेको छ ।

अन्तरकि्रयामा व्यवसायिक संघसंस्थाका प्रमुखहरुले प्रदेश राजधानी बुटवलबाट दाङ सर्नु, कोराना महामारीको असर, आर्थिक मन्दी, चर्को बैंक ब्याज दर, महंगो घर भाडा,खुला सीमाबाट हुने तस्करी र भन्सार छली र युवा जनशकि्तको विदेश पलायन जस्ता कारणले समग्र मुलुककोे उद्योग,ब्यवसायमा संकट आएको बताएका छन ।

रुपन्देहीको उद्योग व्यवसायलाई पुनःगुल्जार बनाउन व्यवसायिक संघसंस्थाहरु एकजुट भएर नीतिगत सुधारका लागि सरकारलाई दबाव दिनुपर्नेमा उनीहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले विगतका सरकारले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र तथा ब्यापार विविधिकरणमा ध्यान नदिंदा मुलुक परनिर्भरता र ब्यापार घाटाले थिलोथिलो भएको बताएका छन् ।

उनले यवसायीको कारोबारको फूल अडिटको नाममा राजस्वका कर्मचारीलाई कमाई खाने भांडो भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने बताएका छन् । उद्योगी व्यवसायीले भोगेका नीतिगत समस्याबारे महासंघले सम्बनि्धत मन्त्रालय र विभागमा लिखित सुझाव दिएर समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहेको बताए ।

संघका सल्लाहकार ज्योति भण्डारीले प्रदेश राजधानी सरेको लगायत कारणले रुपन्देहीको ब्यापार व्यवसाय धरापमा परेको बताए । महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले केन्द्रमा बस्ने ठूला व्यवसायीले साना मझौला व्यवसायीको पक्षमा नीति र ऐन कानून बन्न नदिने परिपाटी रोक्न लाग्नुपर्ने सुझाव दिए ।

उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले पन्देहीका विभिन्न थरिका पेशागत र वस्तुगत ब्यापार व्यवसायमा देखिएका नीतिगत समस्याको पहिचान र व्यवसाय चलायमान बनाउने उपायको खोजी गरी महासंघलाई सुझाव दिन अन्तरकि्रया गरिएको बताएका छन् । अन्तरकि्रयामा रुपन्देही र कपिलवस्तुका विभिन्न पेशागत र वस्तुगत गरी करिब ३० वटा व्यवसायिक संघसंस्थासंग सुझाव संकलन गरिएको संघका महासचिव यमलाल मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्