नेविसंघ महाधिवेशन पक्षधरको वृहत्त हस्ताक्षर अभियान



काठमाडौं ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधरले वृहत हस्ताक्षर अभियान सुरू गरेका छन् ।केही दिनअघि ९ बुँदे अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेको उनीहरुले महाधिवेशन गराउन दबाब सृजना गराउने उद्देश्यले वृहत हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

गत मंगलबार महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले हस्ताक्षर अभियान पनि जारी राखेका हुन् । नेविसंघको जारी केन्द्रीय कार्यसमिती बैठकको दोस्रो दिन बैठक प्रारम्भ अगाडिदेखि मुख्य प्रवेशद्वारमा ब्यानर टागेर नै वृहत्त हस्ताक्षर अभियानको सुरु गरेका हुन् । बुधबार महाधिवेशन पक्षधर समूहले देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय सदस्यसँग सल्लाह गरेर बैठकलाई सफल बनाउन अपील गर्दै महाधिवेसन केन्द्रीत ७ बुदे एजेण्डा प्रस्तुत गरेर छलफल गरी पारित गरिनुपर्नेमा जोड दिएको छ ।

महाधिबेसन पक्षधर समूहले महाधिवेशनको विकल्प महाधिबेसन नै रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्