माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कसलाई कुन प्रदेशको जिम्मेवारी ?



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका इन्चार्ज र सहइन्चार्जहरू तोकेको छ। बुधबार बिहान सकिएको स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।

मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो। जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज भएका छन्।

केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन्। यस्तै लीलामणि पोखरेल-मधेस, अग्नि सापकोटा-बागमती, दीनानाथ शर्मा- गण्डकी, चन्द्रप्रकाश खनाल- लुम्बिनी, कालीबहादुर मल्ल- कर्णाली, गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज बनाउने निर्णय भएको छ।

त्यसैगरी विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय स्थायी समिति बैठकले गरेको सचिव दिनानाथ शर्माले जानकार दिए।

प्रतिक्रिया दिनुहोस्