संसदीय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन्। सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन्।

प्रतिक्रिया दिनुहोस्