लघुवित्तपीडित संसद् भवन भित्रै छिरेपछि यी क्षेत्रमा गरियो कडाई



काठमाडौं ।

प्रहरी प्रशासनले प्रशासनिक केन्द्र सिंहदरबार बानेश्वर, बालुवाटार क्षेत्रमा कडाई गरिएको छ ।  सोमबार लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकारले कडाई गरेको हो  ।

त्यस्तै, संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न रोक लगाइएको छ। संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ।

यस्तै, मन्त्रालयका सचिव, सहसचिवहरू पनि राखेर गृहमन्त्री श्रेष्ठले अबदेखि यस्ता घटनामा कमीकमजोरी हुन नदिन निर्देशन दिएका थिए।जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि संसद भवन आसपासमा प्रदर्शन गर्न निषेधित क्षेत्र समेत तोकेको छ।

प्रतिक्रिया दिनुहोस्