माओवादी केन्द्रको स्थायी समिति बैठक जारी



काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ९ बजेदेखि बैठक सुरु भएको हो।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय लिने माओवादी नेताहरूले जानकारी दिएका छन्। मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूको विषयमा छलफल भएको थियो। त्यसबारे आज निर्णय हुने बताइएको छ।

यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद तथा राष्ट्रियसभा अध्यक्ष चयनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्