काठमाडौंमा वर्षाको सम्भावना


काठमाडौं ।

काठमाडौं उपत्यकामा मौसम वदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुवको प्रभावका कारण आज काठमाडौंसहित देशका केही स्थानमा बदली भएको हो।

मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन। काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।