शंकास्पद वस्तु पड्किंदा ३ जनाको मृत्यु



बारा।

बाराको निजगढ नगरपालिका, वडा नं.७ निजगढ बजार स्थित रेशम मगरले संचालन गरेको रोहित वर्कसपमा सोमबार दिउँसो शंकास्पद वस्तु पड्किंदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्कशप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका रितु रजतरहेका छन्। मगरको सोमबार दिउँसो र जैसवालको गएराति र रजतको केहीबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।

यस्तै विस्फोटमा परेर घाइते भएका बारा, निजगढ नगरपालिका, वडा नं.०५ बस्ने ४५ को सुर्य बहादुर थापा, सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं.९ बस्ने अं.वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगंज, पर्सामा उपचार भईरहेको छ।

यस्तै गम्भीर घाइते भारतका अरविन साहको बयोधा अस्पताल वीरगंजको आईसीयूमा उपचार भईरहेको ।

यस्तै विस्फोट घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जैसवाल र बाराको निजगढ न.पा.९ बस्ने २९ वर्षीय टिकाराम पाख्रिङ रहेको प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्