प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ



काठमाडौं ।

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डेपुटी सिइओ न्यौपाने, पूर्वसिइओ तुलसीराम गौतमसहित १० जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सिआइबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो।

न्यौपाने २०७८ सालमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।सेञ्चुरी बैंक पछि प्रभु बैंकसँग मर्ज भएको थियो।

प्रतिक्रिया दिनुहोस्