बागमती प्रदेशसभाको बैठक आज बस्दै



मकवानपुर ।

बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक प्रदेशसभा सचिवालयमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए। आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ।

यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन।

सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो। बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन। दलबीचको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्