आज ८ संसदीय समितिको बैठक बस्दै



काठमाडौं ।

आज आठ वटा संसदीय समितिको बैठक बस्दै छ।  सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीन वटा समितिको बैठक बस्न लागेको हो।

जस अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ।

आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बिहान ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन्।

प्रतिक्रिया दिनुहोस्