सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न



काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा देश तथा विदेशमा बहु आयामिक भूमिका निर्वाह गर्दै आइरहेको  बताएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०८० वैशाख ०४ गते सुरु भएको सि.सं.३० कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रधान सेनापतिले उक्त कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले करिब एक वर्ष अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूले सैनिक गतिविधि राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण हिस्सा भएको तथ्यलाई मनन गर्दै समसामयिक घटनाक्रम तथा प्रविधिहरू बारे जानकार रहँदै आफ्नो राष्ट्र तथा संस्थाको हित अनुकूल अनिश्चित समयमा समेत प्रभावकारी योजनाहरुको तर्जुमा र कार्यान्वयन गर्न सक्नुपर्ने बताए।

उक्त अवसरमा दीक्षित शिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशर जंग बरालले सैनिक कमाण्ड तथा स्टाफ कलेज विश्वविद्यालयमा आवध्द उत्कृष्ट शैक्षिक संस्थाको रूपमा रहेको बताए । उनले रणनीति तथा व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयहरू सम्बन्धि ज्ञान सैनिक संस्थाबाट सबैले सिक्न सक्ने कुरा उल्लेख गर्दै दीक्षित शिक्षार्थी अधिकृतहरूलाई आफ्नो देश र जनताको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्न तालिमले पर्याप्त क्षमता विकसित गरेको विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाका ५३ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १र१ जना तथा नाइजेरिया, केन्या, मालदिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका १र१ जनासहित जम्मा ६२ जना शिक्षार्थी अधिकृतहरूले उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।

वि.सं.२०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि।सं। २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन शुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् ।

४। आज समापन भएको तालिमको रणनीतिक अध्ययनकार्यक्रममा मास्टर्स विषयको शोधपत्र कमाण्डरको कागज अर्थात् कमाण्डरको कागजतर्फ सेनानी उज्वल खड्का र केन्याकामेजर ओस्कर घर संयुक्त रुपमा सर्वोत्कृष्ट हुनु भएको छ । सह सेनानी राकेश बस्नेत शैक्षिक अध्ययनका साथै समग्र तालिममा सर्वोत्कृष्ट (उत्कृष्ट विद्यार्थी अधिकारी) हुनु भएको छ । विदेशी शिक्षार्थीहरु तर्फ भारतीय सेनाका मेजर रमेश सांगवान उत्कृष्ट विद्यार्थी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु भएको छ ।

 समारोहमा प्रधान सेनापतिले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार (उत्कृष्ट विद्यार्थी पुरस्कार) प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २५ औँ संस्करण विमोचन गर्नु भयो । MSS कार्यक्रम शैक्षिक अध्ययनतर्फ प्रथम शिक्षार्थीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले र कमाण्डरको कागजतर्फ प्रथम भएका शिक्षार्थीलाई शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरे ।

उक्त कार्यक्रममा रक्षा सचिव  किरणराज शर्मा उपस्थित थिए । यस्तै, बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, पूर्व शिक्षाधिकृतहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आवध्द महानुभावहरू, रथीवृन्द तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्