संसद् भवन परिसरबाट ४९ जना पक्राउ

294
Shares

काठमाडौँ।

काठमाडौँको बानेश्वरस्थित संसद भवन परिसरबाट ४९ जना पक्राउ परेका छन्।

निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।