अख्तियारले डामेका र आयोगले पोलेकालाई झण्डा छोपेर घर पठाऔँ : गगन थापा

350
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा लगाएकाहरूलाई गाडीको झन्डा छोपेर घर पठाउ आग्रह गरेका छन्।

सोमबारको दोस्रो बैठकमा बोल्दै सांसद थापाले प्रतिपक्षी र सत्तापक्षबीचको दोहोरी चलिरहेको भन्दै यस्तो पाराले संसद् चल्न नसक्ने बताए।

‘यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्यो। आसनको दायाँ बस्ने होस् वा बायाँ बस्ने होस्,, काखेको होस कि पाखेको होस्। अख्तियारले डामेको, आयोगले पोखेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ,’ उनले भने।

सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घरमै पठाएर अनुसन्धान गर्नुपर्ने उनको भनाई थियो।

‘अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ। यति भएपछि, निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड ब्यहोर्नुहोला,’ थापाले भने।