राजेन्द्र महतोले छाडे लोसपा

1.4k
Shares

काठमाडौँ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । आज काठमाडौँमापत्रकार सम्मेलन गर्दै नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान पनि घोषणा गरेका छन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

महतो यसअघि लोसपका वरिष्ठ नेता थिए।