प्रधानमन्त्रीले संसद छलेर हिँडिरहेको एमालेको आरोप

168
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँडिरहेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आफूहरूले संसद्‍मा हप्तौँदेखि उठाएका विषयहरू नजरअन्दाज गर्दै प्रधानमन्त्रीले संसद् छल्नु चिन्ताको विषय भएको एमाले प्रमुख सचेतक पदम गिरिले बताए।

‘प्रधानमन्त्रीले संसद्लाई छलेर बाहिर हिँडिराख्नुभएको छ। यो चिन्ताको विषय हो। हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौं,’ उनले भने। आफूहरू मर्यादित र संयमित ढंगले संसदमा सुशासनका कुरा राख्दा पनि सरकार सुन्न तयार नभएको बताए।

उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको बताएका छन् । ।