दुर्घटनामा एकको मृत्यु, ५ घाइते 


धादिङ ।

दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा थाँक्रे–८ काउलेका ८० वर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेर सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइते हुनेहरुमा सोही ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।घाइतेहरूको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालबाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।