बालुवाटारमा लघुवित्त पीडित र प्रहरीबीच झडप, दर्जनौँ  घाइते

५ जना प्रहरीको नियन्त्रणमा


काठमाडौँ। 

लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको  हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको सङ्ख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपबाट दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

विभिन्न जिल्लाबाट मुग्लिङमा भेला भएका उनीहरू मुग्लिङबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।