यस्तो छ तपाईंको आजको राशिफल



मेष : दिन राम्रो छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

वृष : दैनिकी राम्रो मान्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। भोज र भतेरमा ख्याल गर्नुपर्छ। प्रतिस्पर्धी शान्त रहनेछन्। परिवारको सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग सकारात्मक रहनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा उदय छन्। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। प्रतिस्पर्धीका आवाज कमजोर भएका छन्। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्या : दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुबाट साथ रहने प्राप्त हुने योग छ। सम्मान गर्न सिक्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिक : दैनिकी राम्रो छ। यात्राले मनमा उत्साह थप्नसक्छ। दाजुभाइ र इष्टमित्रको साथ रहने छ। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : दिन राम्रो छ। लगानीमा घाटा हुने छैन। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। आफन्त भन्दा अपरिचित बाट साथ र सहयोग रहनेछ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकर : दैनिकी राम्रो छ। बोलीको प्रभावले धेरै काम गर्नुपर्ने छ। शब्दमा मोहनी छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिकी सामान्य छ। इच्छा विपरितको बाटो आफन्तले रोज्नेछन्। झुटो आरोप लाग्नसक्छ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। जन्मकुण्डलीमा तीन, ६ र ११ औं स्थानमा शनिदेव भए तपाईंको काम सफल हुनेछ।

मीन : खर्च बढ्न सक्छ। खर्चालु काम नगर्नु राम्रो हुन्छ। साथीबाट साथ रहनेछ। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

प्रतिक्रिया दिनुहोस्