यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५०, भारतीय सानो गोलभेँडा २५, अदुवा २००, रातो आलु र रातो भारतीय आलु ३२ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ६०, कागती २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला ३५ रुपैयाँमा कारोबार हुँदा टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ८० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली २५, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ११० र हरियो धनियाँ ६० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्