राजसंस्थाको पुनर्स्थापनासहित हिन्दु राष्ट्र कायम गराउन राप्रपाको शक्ति प्रदर्शन



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्थाको पुनर्स्थापनासहित हिन्दु राष्ट्र कायम गराउन माग गर्दै प्रदर्शन सुरु गरेको छ ।

हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर भन्ने नाराका साथ राप्रपाको प्रदर्शन सुरु भएको हो । काठमाडौंको भृकुटी मण्डपबाट निस्केको र्‍यालीमा पार्टीका वरिष्ठ नेताहरू सहभागी छन् । र्‍यालीपछि राप्रपाले सरकारलाई ज्ञापनपत्र बुझाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्