अटो दुर्घटना चालकको मृत्यु



काठमाडौं ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ  बजारतर्फबाट  मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२।ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो ।
घाइते  भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई  उपचारका लागि हेटाँैडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्