संवैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ। संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र सङ्घीयता खारेजीको माग गर्दै राप्रपाले आज सर कारलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाउन लागेको हो।

राप्रपाले सर कारलाई आफना माग राख्दै चरणबद्ध आन्दोलनको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्