विश्वकप लिग-२ : नेपालले आज नामिबियाको सामना गर्दै



काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटले हारेको थियो। नामिबियासँग हारको बदला लिने योजनाका साथ नेपाली टोली आज मैदानमा उत्रने छ। पहिलो खेलमा नामिबियासँग पराजित नेपाल दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो।

उता नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। नेपाल र नामिबियाबीच एकदिवसीयमा ७ खेल भएका छन्। जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्