मेसी, नेयमारपछि एम्बाप्पेले पनि पेरिस छाड्ने



एजेन्सी ।

सुपरस्टार लियोनेल मेसी र नेयमारले पेरिस सेन्ट जर्मेन छाडेपछि अर्का एक सुपरस्टार खेलाडी क्लियन एम्बाप्पेले पनि पेरिस छाड्ने भएका छन्। यसै सिजनमा आबद्ध हुनेगरी एम्बाप्पेले रियल मेड्रिडसँग सम्झौता गरेका हुन्।

योसँगै पेरिस क्लबका तीनै सुपरस्टार खेलाडीको बहिगर्मन हुने भएको छ। २५ वर्षीय फ्रान्स टोलीका कप्तान एम्बाप्पेको पेरिस क्लबसँग सम्झौता अवधि यही आउँदो जुनमा सकिँदैछ।

उनले सो क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए। उनले कुनै पनि ठूलो प्रस्ताव पनि स्वीकार नगर्ने भनेर केही साताअघि क्लबका अध्यक्षलाई सुचित गरेका थिए।

एम्बाप्पेले स्पेनी ला लिगा क्लबसँग पाँच वर्षका लागि सम्झौता गरेको बताइएको छ। उनले प्रतिसिजनमा १५ मिलियन युरो कमाउनेछन् । रियलका मेनेजर कार्लो एन्सेलोटीले एम्बाप्पेलाई कुन स्थानमा खेलाउने पहिल्यै निर्धारण गरिसकेको पनि बताइएको छ ।

एन्सेलोटीका अनुसार एम्बाप्पेलाई सेन्टरको बायाँबाट खेलाउनेछ। यदि यो सिजनमा क्रोएसियाका मिडफिल्डर लुका मोडरिचले क्लब छाडेमा एम्बाप्पेले १० अंक अंकित जर्सी लगाउन पाउनेछन् । यो अंकको जर्सी उनको फ्रेन्च टोलीका लागि पनि हो ।

एम्बाप्पेको करियर पेरिसमा

मोनाकोसँगै फ्रेन्च उपाधि जितेपछि १८ वर्षको उमेरमा एम्बाप्पे २०१७ मा पेरिस क्लबमा आबद्ध भएका थिए। सुरुमा उनलाई लोनमा राखिएको थियो। यसपछि उनलाई १ सय ८० मिलियन युरोमा क्लबमा आबद्ध गरिएको थियो।

उनले पेरिस क्लबबाट पाँच फ्रेन्च लिग वान उपाधि जितेका छन् । पेरिस क्लबका लागि उनले ९३ खेल खेलेर हालसम्म २ सय ४४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्