सुनको मूल्यस्थिर, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । यसअघि लगातार ३ दिन देखी सुनको मूल्य क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो । यता, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्