अभ्यास शान्ति प्रयास ४ सुरु (तस्वीरसहित)



काठमाडौं ।

संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुने फौजहरुको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता तथा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उदेश्यले मंगलबारबाट अभ्यास शान्ति प्रयास ४ सुरु भएको छ ।
उक्त अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रबीच उद्घाटन गरेका हुन्  । राष्ट्र संघीय मिसनमा सेना योगदान गर्ने देशहरु बीच अन्तरक्रियाशीलता सुनिश्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा फागनु २१ गतेसम्म सञ्चालन हुने अभ्यास शान्ति प्रयास सुरु भएको हो ।

संयुक्त राज्य अमेरिकी सरकारको इण्डो प्यासिफिक कमाण्ड गन्र्तगतको ग्लोवल पीस अपरेसन इनिसियटिभको आर्थिक सहयोग तथा नेपाली सेनाको आयोजनामा उक्त अभ्याससुरु भएको हो ।

 नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भई सकेका छन् । अभ्यास शान्ति प्रयासमा नेपाल सहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहेको छ ।

जस अन्तरगत, फिल्ड प्रशिक्षण कार्यक्रम नेपाली सेनाका दुई तथा अन्य देशका १० गरी १२ प्लाटुनका ६ सय ८९ जना,स्टाभ ट्रेनिङ इभेन्टमा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी १ सय १० जना र क्रिटिकल एनेवलर क्षमता बृद्धीमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ गरी ३२६ जना गरी ११२५ जना सहभागीता रहेको छ ।

यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरु बीच जानकारी हुनुको साथै चुनौतीहरु सामना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने प्रधान सेनापति प्रभुराम शर्माले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्