जिप्रका सर्लाहीको प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले गरे पदभार ग्रहण



काठमाडौँ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन् । सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्  ।

प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीहरूलाई दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा भित्र रहेर काम गर्न पनि निर्देशन दिएका छन् ।

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी ज्ञवालीले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे । उनी संगठनमा हक्की स्वभावका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्