निर्दोष द्वन्द्वपीडितले न्याय पाउन गाह्रो छ : पूर्वराष्ट्रपति भण्डारी 



काठमाडौँ। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेकाले निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका गर्ने ठाउँ धेरै रहेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना भएको बताएकी छन्।

पूर्व राष्ट्रपति भण्डारीले छोराको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनसन बस्दा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंकार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था कस्तो रहेको छ भन्ने उजागर गर्ने बताइन् ।

यस्तो संवेदनशील विषयलाई कसैले  पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन नहुने बताउँदै उनले हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्वमा रहेको अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् भन्दै प्रतिप्रश्न गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्