नेकपा एसका जिल्ला अध्यक्ष भट्टराईसहित नेताकार्यकर्ता एमालेमा प्रवेश



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईसहितका नेता-कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

आज एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईसहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका हुन् ।

यसअघि एकीकृत समाजवादी तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्