सुनको मूल्य बढ्दा चाँदी घट्यो

13.72k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ। शुक्रबारदेखी बढेको सुनको मूल्य सोमबार पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो।

यता, सोमबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो।

Skip This