प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश निषेध



काठाडौं ।

प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन्।

सूचना तथा प्रशारण विभागले उपलब्ध गराएको प्रेस पासले पनि प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्। प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्