त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस 

 पहिलोमा बुढाथोकी, दोस्रोमा बराल र तेस्रोमा धमला



काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको २०औ उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस गरेको छ ।  त्रिभुवन विश्वविद्यालय उपकुलपति सिफारिस समितिले आज लिएको अन्तरवार्ताबाट तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको छ । दोस्रोमा केशरजंग बराल र   टंकनाथ धमलाको नाम सिफारिस गरेको हो । शिक्षा,विज्ञान तथा प्रबिधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित समितिले आइतबार राती तीनजनाको नाम सिफारिस गरेको हो ।

मन्त्री सचिवालय अनुसार तीनैजनाको नाम भोली सोमबार कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिस गर्नेछ ।  छनौटमा परेका तीनमध्य एक्जनालाई त्रिबिको उपकुलपति नियुक्ति गर्नुहुनेछ । सम्भवतः यही साता त्रिबिले २०औ कुलपति पाउने प्रबल सम्भावना रहेको छ ।

  उपकुलपति पदका लागि  सर्टलिष्टमा नाम भएका १४जनाको सोचपत्र र व्यावसायीक कार्ययोजनाको प्रस्तुतिकरण बुधबार सकिएको छ । त्रिबि उपकुलपति छनौट सम्बन्धी कार्यबिधि २०८० बमोजिम अल्पसुची(सर्टलिष्ट)मा परेका हरुको आज अन्तवार्ता लिने तयारी भएको हो–प्रवक्ता सापकोटाले भन्नुभयो । समितिले आज बिहान साढे ८ बजेदेखि कुसुम शाक्य , केशरजंज बराल,गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी,ज्ञानेन्द्रप्रसाल पौडेल, टंकनाथ धमला र तीर्थराज खनिया सहित ७ जनाको अन्तवार्ता भएको थियो ।

 दोस्रो चरणमा नारयणप्रसाद वेलवासे, प्रकाश घिमिरे,भोजराज अर्याल , महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुषाल र सुर्यबहादुर थापाको अन्तवार्ता  भएको थियो  । दोस्रो चरणको अन्तवार्ता दिउँसो १ बजे  भएको थियो । । समितिले दुवै अन्तवार्ता मन्त्रालयमा लिएको थियो । आज रातीसम्म बसेको सिफारिस समितिले नाम  सिफारिस गरेको हो ।

  ४३ जना आवेदक मध्ये सर्टलिष्टमा परेका १४ जनाको  प्रस्तुतिकरण सकिएको छ । पहिलोदिन ४, दोस्रो र तेस्रोदिन ५–५ जनाको प्रस्तुतीकरण सकिएको थियो ।  । अन्तवार्तामा सहभागि हुनेमध्य एकजना मात्र महिला प्रतिस्पर्धामा रहनुभएको छ । उपकुलपति धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल कात्तिक १६ गतेदेखि सकिएपछि त्रिविमा सो पद रिक्त  थियो ।

tu pdf

प्रतिक्रिया दिनुहोस्