प्रतिनिधिसभा बैठक

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग



काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने बताए।

मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा दिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ।

विमानस्थलमा प्रहरी र अध्यागमन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठुलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्ताैलालले बताए।

प्रतिक्रिया दिनुहोस्