पत्रकार राष्ट्रिय दबूद्वारा ६ जनालाई पत्रकारिता पुरस्कार र तीन जनालाई विशेष सम्मान



काठमाडौं।

नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२ औं साधारणसभामा ६ जना क्रियाशील पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरियो।
राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा आयोजित एक समारोहकाबीच ती पुरस्कार प्रदान गरिएको हो।

सो अवसरमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनमा क्रियाशील वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरिने भएको छ।सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गरेका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धरलाई प्रदान गरिने छ।यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ।

ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठलाई प्रदान गरिने छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको थियो।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटोपत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिने छ । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिने छ ।

सो अवसरमा पुरस्कृत पत्रकारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) का अध्यक्ष गजुरधन राईले फुलमाला लगाई र वाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रमाणपत्र प्रदान गरे। नगद पुरस्कार सम्बन्धित दाताले प्रदान गरेका थिए।

पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लै∙िक, भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कारका लागि ती पत्रकारहरुको नामावली सिफारिश पत्रकार राष्ट्रिय दबूले जनाएको छ।

तीन जनालाई विशेष सम्मान

त्यसैगरी सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोर्खापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको थियो।

सो अवसरमा मन्त्री रामकृष्ण चित्रकारले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान आकृष्ट भएको बताए।

उनले पछिल्लो आन्दोलन र संघर्षबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्न र प्रदेशलाई चलायनमान बनाउन सरकार जिम्मेवार भएर लाग्ने बताए । सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा प्रदेश सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउँदै मन्त्री चित्रकारले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुनुपर्नेमा जोड दिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसंगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउँदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राखे ।नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उनले करिब १५ वर्षदेखि अभियान पछि नेपाल पत्रकार महासंघमा समावेशी बन्दै गएको बताए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले मातृभाषाको पत्रकारिताको विकास र नेपाली पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन पत्रकार राष्ट्रिय दबूले निर्वाह गर्दै आएको भूमिकामा केन्द्रीत गर्दै आफ्नो धारणा राखे।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ महासचिव सचिव के. के मानन्धर लगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्